१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेश जनविद्रोहको बाँकी अधिकार प्राप्तिका लागि मेरो उम्मेदवारी: उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले सामाजिक एकता र सद्भाव भड्काउने तत्व सक्रिय भएर लागेकोले जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन आग्रह गरेका छन्।

बाराको करैयामा बिहिबार आयोजित जनता दर्शन कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले जातिय र साम्प्रदायिक नारा लगाएर समाजमा हिंसा भड्काउन खोज्ने तत्वहरुलाई भोट मार्फत् जवाफ दिन आग्रह गरे।

अध्यक्ष यादवले भने, 'जातीयताको कुरा गरेर जनतालाई भड्काउने र सामाजिक एकता र सद्भाव विथोल्नेहरुबाट सावधान रहनुपर्छ, यसले न त त्यस्ता व्यक्तिको हित गर्छ न त समाजलाई।'

परिवर्तनकामी शक्तिहरुको कठोर संघर्ष तथा मधेश विद्रोहकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएकोले यसको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनले बताए। 

संघीयता विरोधी शक्तिहरु विभिन्न नाममा सल्बलाई रहेकोले आमजनता सचेत रहनुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले भने 'प्राप्त उपलब्धिहरुको रक्षा गर्न तथा बाँकी अधिकारहरुको सुनिश्चितताका लागि संघर्ष गर्नु आवश्यक छ, त्यसैले झुठा भ्रम फैलाएर मिठा सपना बाँड्ने तत्वहरुको पहिचान गरौं।'

देश र मधेशका लागि कसले के गरे रु कतिको संघर्ष गरे? कसको कति योगदान छ? कसको संघर्षले के परिवर्तन आएको हो? यसको लेखाजोखा न्यायप्रेमी जनताले गर्नुपर्नेमा जोड दिँदै उनले भने, 'हावादारी कुरा गरी भ्रम फैलाउनेहरुले जनताको मुक्तिकालागि के गरेका छन् रु जनताले के पाएको हो रु हाम्रा भावी सन्ततीलाई कहाँ लग्दैछ?', 

प्रकाशित: ३० चैत्र २०७९ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App