८ वैशाख २०८१ शनिबार
राजनीति

नयाँ एलडिओ पठाए हाजिर गर्न नदिने मोर्चाको चेतावनी

नवलपरासी–नदीजन्य पर्दाथको चोरी निकासीलाई नियन्त्रण गरेका स्थानीय विकास अधिकारीको सरुवाका गराउनकालागि व्यवसायीले मन्त्रालयमा दौडधुप गरेको भन्दै संयुक्त मधेसी मोर्चाले नयाँ एलडियो पठाए हाजिर गर्न नदिने चेतावनी दिएको छ ।
 
नदीजन्य पर्दाथको चोरी निकासीलाई नियन्त्रण गरेका एलडियोलाई विभिन्न क्षेत्रबाट अवरोध उत्पन्न गराउने काम भएको भन्दै काम गर्ने वतावरण तयार पारिदिन आग्रह गर्दै मधेसी थरुहट संयुक्त मोर्चा नवलपरासीले बुधवार प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरमार्फत् प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाएको छ ।

नदीजन्य पदार्थ चोरी निकासी कार्य नियन्त्रण गरी अन्य विकास निर्माणका कामलाई पारदर्शी बनाए बढाउने  योजनासहित अघि बढेका स्थानीय विकास अधिकारी जीवलाल भुषाललाई केही राजनीतिक दलको आडमा अवैध नदीजन्य पदार्थको कारोबार गर्ने व्यवसायीहरुले मन्त्रालयमा सरुवा गराउन धौडधुप गरेको भन्दै काम गर्ने कर्मचारीको मनोबल नघटाउन ज्ञापन पत्रमार्फत् आग्रह गरिएको छ।

स्थानीय विकास अधिकारी भुषाल एक महिनाअघि मात्र जिल्लामा सरुवा भएर आएका हुन् । सरुवा भएर आए लगत्तै उनले अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरेको भन्दै २७ टिपरसहित ३० सवारी साधनलाई पक्राउ गरी ६५ लाख जरिवाना लगाएका थिए ।अवैध रुपमा संकलन गरी राखेको करिब ३० करोड बराबरको नदीजन्य पदार्थ जफत गरेका छन् ।

सोही विषयबारे जानकारी लिन काठमाडौंबाट बुधबार जिविस पुगेका स्थानीय विकास मन्त्रालयका सहसचिव गोपी खनाललाई समेत ज्ञापन पत्र बुझाउँदै मोर्चाले काम गर्ने सरकारी कर्मचारीको सरुवा र काजमा पठाउने विषयले मनोबल घट्ने र जिल्लाको विकास अघि बढ्ने नसक्ने भन्दै उनीहरुले स्थानीय विकास अधिकारीलाई काम गर्ने वातावरणको मिलाई दिन मन्त्रालयसँग माग गरेका हुन् ।

सहसचिव खनाल समक्ष ज्ञापन पत्र बुझाउँदै मोर्चाका जिल्ला अध्यक्ष मुकुरजी गिरीले भने, ‘काम गर्ने कर्मचारीलाई सरुवा गरेर नयाँ एलडिओ पठाए हाजिर गर्न दिन्नै, यसको जिम्मेवारी मन्त्रालयले लिनु पर्छ।’

अवैध नदीजन्य पदार्थको चोरी नियन्त्रण गर्न बारम्बार आग्रह गर्दासमेत यसअघि वास्ता नगरीएको र नयाँ आएका एलडिओलाई सर्वदलीय बैठकले समेत उक्त कार्य नियन्त्रण गर्न आग्रह गरेअनुसार उक्त कार्य भएको उनले बताए । अवैध कारोबारीहरु हतोत्साहित भएर चोरी गर्न नपाईने भन्दै मन्त्रालय पुगेको उनीहरुको आरोप छ ।
नदीजन्य पर्दाथको चोरी निकाशी हुदा जिविसको लाखौं रुपैयाँको  राजश्व चुहावट भएको  छ । राजनीतिक दबाबमा परेर काम गर्ने कर्मचारीलाई मन्त्रालयले सरुवा गरी हतोत्साहित गर्न नहुने तमलोपाका कार्यबहाक अध्यक्ष पुरन चौधरीले बताए ।

मोर्चा आवद्ध नौ वटा पार्टीका जिल्ला नेता सम्मिलित प्रतिनिधि मण्डलले बुझाएको ज्ञापन पत्रमा नयाँ एलडिओको सरुवा भए जिल्ला परिषद्द्वारा पारित ०७४÷७५ का योजना र कार्यक्रम प्रभावित हुने भन्दै जिल्लाबाट सरुवा र मन्त्रालयमा तान्ने काम नगर्न पनि उनीहरुले आग्रह गरेका छन् ।

प्रकाशित: २१ पुस २०७३ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App