५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

काँग्रेसले सरकारको नेतृत्व लिन्छ: सभापति देउवा

फाइल तस्बिर।

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरी आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दावी गरेका छन्।

सभापति देउवाले अहिले काँग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरी सरकारको नेतृत्व लिन सक्ने बताएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे। सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

सभापति देउवाले संविधान अनुसार सरकार बनाउनका लागि पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढनु परेको पनि दोहोर्‍याए। उनले भने, ‘आज हाम्रो पार्टी सरकारमा छ। भोली सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ। धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो। तर अझै यो पार्टी एकदमै अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन। तापनि भोली हामी सबै लागेर नेपाली काँग्रेसलाई बहुमत ल्याउनेतिर हामी सबै लाग्यौं भने, यसमा शिक्षक संघको पनि योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ।

त्यसकारणले अहिले संयुक्त सरकार भएको हुनाले कति कुरामा काम गर्न समस्या हुन्छ। हुनत अहिलेको संविधान अनुसार गठबन्धन अति आवश्यक छ। गठबन्धन नभई सरकार बन्दै बन्दैन। गठबन्धन सरकारमा हामी सहभागी भएका छौं। त्यसले हाम्रो पार्टीलाई एउटा बल पु¥याएको छ अगाडि बढन। यसमा शिक्षक साथीहरुको योगदान हुननै छ । उहाँहरुले बुझ्नु नै हुनेछ। मलाई धेरै कुरा भन्नु छैन। अझै पनि नेपाली काँग्रेस बलियो हुन जरुरी छ। नेपाली काँग्रेसको ठाउँठाउँमा जो संठगनमा समस्या छ। त्यो समाधान हुन जरुरी छ। यसमा शिक्षक संघको ठूलो भूमिका हुनेछ।’

प्रकाशित: २८ चैत्र २०७९ ०९:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App