९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले पैसा लिएको भए प्रमाणित गरेर देखाउनुस्ः मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाईप्रति विश्वास गर्न नसकिने बताएका छन्।

पार्टीका सभापति रवि लामिछानेले करोडौं रुपैयाँ लिएर मन्त्री बनाउने गरेको चर्चा भईरहेका बेला सांसद झाले सो भनाइलाई आफूले विश्वास गर्न नसक्ने बताएका हुन्।

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पार्टी सभापति लामिछानेले मन्त्री बनाउनका लागि रकम असुली गरेको पुष्टि गरेको देखाउन पनि चेतावनी दिए।  

नेपाली काँग्रेसमा आवद्धहरुले ट्वीटरमा पार्टी नेतृत्वले शिक्षामन्त्री बनाउनका लागि ८ करोड लिएको भनेर लेखेको आफूले पनि देखेको उल्लेख गर्दै सांसद झाले पुष्टि गरेको देखाउनुपर्ने बताए। उनले पार्टी नेतृत्वले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग मन्त्री बनाउनका लागि साँढे २ करोड मागेको भन्ने कुरा पनि सत्य नभएको जिकीर गरे।  

मन्त्री बनाउनका लागि पार्टी नेतृत्वलाई २ करोड दिनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईसँग पैसा मागेको अडियो आईतबार (हिजो) सार्वजनिक भएपछि पार्टीका सांसद श्रेष्ठ निलम्बित भएका छन्। सांसद झाले भने पार्टी नेतृत्वबाट त्यस्तो काम नभएको, बरु आरोप लगाउने काँग्रेस पार्टी भित्र भने त्यस्तो हुने गरेको प्रमाण आफूहरुसँग रहेको दावी गर्दै दोषीलाई कारबाही गरेर देखाउन पनि काँग्रेस नेतृत्वलाई चुनौति दिए।

उनले भने, ‘मैले त्यो साँढे २ करोड रुपैयाँ नेतृत्वले मागेको थियो भन्ने कुरामा विश्वास गर्दिन। र, त्यसको कसैले प्रश्न उठाउँदैछ। मैले पनि ट्वीरमा केही काँग्रेसीजनले लेखेको। ८ करोड रुपैयाँ शिक्षामन्त्री बन्नलाई माग्यो भनेर। त्यसमा म विश्वास गर्दिन। त्यो स्टयाटस लेखेर चुनावका बेलामा स्टन्ट गर्ने हो भने कति दाई भाउजुले के–के लिए भन्ने कुरा त हामीलाई पनि थाहा छ नि। हामीले प्रमाण पेश गरेपछि कारबाही गर्छ त्यो दलले? म चुनौति गर्न चाहन्छु। कति पटक हामीले सुनेका छौ नि। कहिल्यै यस्तो अभिव्यक्ति र निलम्बन गरेको छ त्यो दलले। त्यो पार्टीहरुले। सुनेर पनि ढाकछोप गर्न खोजेको होइन र।’

प्रकाशित: २७ चैत्र २०७९ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App