५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिए आर्थिक अवस्था सबल हुन्छ: अध्यक्ष ओली

फाइल तस्बिर।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रुविभ्यालीजस्ता पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनमा ध्यान दिन सके आर्थिक अवस्था सबल हुने विश्वास व्यक्त गरेका छन्।

एमालेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुविभ्यालीमा आज आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीका बारेमा आफूले सुनेको स्मरण गरे।

आफूले पहिलो पटक भ्यालीमा पाइला टेकेको भए पनि यहाँ पाइने पत्थरहरूको विशेषताबारे व्याख्या गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यहाँ पाइने रुवि पत्थर, सिलाजित लगायतका बहुमूल्य पत्थरहरु सङ्कलन गरेर सुरक्षित राखिरहेको उल्लेख गरे।

यस्ता बहुमूल्य पत्थरहरु र खनिज पदार्थ पाइने ठाउँको विकास गर्न सरकारमार्फत आवश्यक बजेट व्यवस्थापनमा आफूले पहल गर्ने उनको भनाइ थियो।

धादिङबेँसीदेखि रुविभ्यालीसम्मको बाटोलाई डबल लेनसहित स्तरोन्नतिकाे कामलाई पहिलो प्राथमिकतामा राख्ने पनि उनले बताए। अध्यक्ष ओलीले यस भ्यालीको सबैभन्दा चर्चित पर्यटकीयस्थल पाङ्साङ् पाससम्म सडक सञ्जाल पुर्‍याउन सकिने र आफू त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने जिकिर गरे।

नेपाललाई चीनसँग जोड्ने सीमा पनि यस भ्यालीमै पर्ने भएकाले यहाँका जनतालाई केरुङसम्म जाने, व्यवसाय सञ्चालन गर्ने पासको व्यवस्था मिलाउन पहल गर्ने उनको भनाइ थियो। रासस

प्रकाशित: २६ चैत्र २०७९ १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App