५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

केही दिनमै सरकारले पूर्णता पाउँछः उपसभापति खड्का

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। उनले मन्त्री पठाउने विषयमा पार्टीमा विवाद नभएपनि आन्तरिक छलफल चलिरहेकाले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए। ‘सरकारमा मन्त्रीको नाम पठाउने विषयमा पार्टीमा विवाद छैन्, केही आन्तरिक कुराले मन्त्री पठाउन ढिलाई भएको हो,’शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘यो विषय केही दिनमै टुंगो लाग्छ ।’

कांग्रेस उपसभापतिसमेत रहेका खड्कालाई अहिलेको सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरी सरकारले काम गर्ने बताए। उनले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्दै विकासको गतिलाई तिब्र रुपमा अघि बढाइने बताए।  

उपप्रधानमन्त्री खड्काले सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने बताए। उनले कर्णालीमा भएका विकासका बहुआयामिक सम्भावनालाई सदुपयोग गर्दै विकासको गतिलाई तिब्र पार्नेगरि केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने बताए।

खड्काले कर्णाली प्रदेशको सरकार पनि केन्द्रको गठबन्धन अनुसार हुने बताए। ‘चाँडै केन्द्रमा शीर्ष नेताहरुबीच बैठक बसेर कर्णालीकोे सरकार परिवर्तनको विषयमा छलफल हुन्छ,’ उनले भने, ‘चाँडै कर्णालीमा कांग्रेस सरकारमा गएको देख्नु हुनेछ।’

प्रकाशित: २५ चैत्र २०७९ ०५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App