९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

संक्रमणकालिन न्यायलाई फाष्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्छः सांसद पौडेल

फाइल तस्विर

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले संक्रमणकालिन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने बताएका छन।

 शुक्रवार प्रतिनिधि सभाको बैठककमा विशेष समयमा बोल्दै सांसद पौडेलले संक्रमणकालिन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने बताएका हुन। उनले संक्रमणकालिन न्यायको विषय अहिले सबैभन्दा पेचिलो बनेको उल्लेख गर्दै जनताकोआन्दोलनबाट स्थापित मूल्य र मान्यताहरुलाई संस्थागत रुपमा टुंग्याउनु सबैको कर्तव्य भएको बताए। 

उनले संक्रमणकालिन न्यायको सम्बन्धमा विमति जनाउने सांसदहरुलाई आफू बसेको कुर्सिमा लोकतान्त्रिक प्रणाली ल्याउन लडेका योद्धाहरुको रगतको टाटो छ कि भनेर हेर्न अनुरोध समेत गरे। सांसद पौडेलले इतिहासप्रति सम्मान गर्न सिक्नुपर्ने बताए। 

प्रकाशित: २४ चैत्र २०७९ १०:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App