राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि सरकारले कुनै काम गर्न नसकेको बताएका छन्।
बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले विदेशबाट बाकसमा शव फर्किएका नेपालीहरुका परिवारका लागि के सोचेको छ? भन्दै प्रश्न गरे। विदेशमा रहेका नेपालीहरूले पैसा नपठाउने हो भने मुलुक श्रीलंका र पाकिस्तान भन्दा अगाडि नै असफल मुलुक हुने उनको दाबी थियो।
उनले सरकारले अयोग्य लडाकुलाई करोडौँ रुपैयाँ बाँड्न सक्ने सरकारले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि कुनै काम गर्न नसकेको प्रति दुःख व्यक्त गरे।
सांसद सिंहले सरकारको सय दिनमा कुनै राम्रो काम गर्न नसकेको दाबी गरे। उनले अब जनताले विकल्प खोज्ने बेला भइसकेको उल्लेख गरे।
प्रकाशित: २३ चैत्र २०७९ ०९:२७ बिहीबार





