८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेसँग संवाद र सहकार्य गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको आर्थिक संकट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग संवाद गर्नुपर्ने बताएका छन्।

बुधवार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले स्थानीय सरकारमा एमाले पनि रहेको उल्लेख गर्दै उक्त सुझाव दिएका हुन। 

‘एमालेसँग संवाद र सहकार्य आवश्यक छ’, उनले भने।

त्यस्तै सरकार र नेपाल राष्ट्र बैंककाबीचमा पनि विश्वसनीय सम्बन्ध हुनुपर्ने महामन्त्री थापाले बताए। महामन्त्री थापाले राष्ट्र बैंक र सरकारको दृष्टिकोणमा पनि समानता ल्याउन सुझाव दिए।

उनले भने, ‘म त प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु उहाँले काँग्रेस, समाजवादी, माओवादी गठबन्धनमा रहेका दलमात्र होइन, प्रमुख प्रतिपक्ष दलसँग कम्तीमा अप्ठेराेकाे बेलामा यसरी जाऔँ। यसरी गरौँ। किनकि स्थानीय सरकार त नेकपा(एमाले)को पनि छ नि त। कतिपय ठाउँमा प्रदेशमा हामीसँगै मिलेर काम गर्नुपर्ने छ। त्यसैले प्रमुख प्रतिपक्ष दलसँग त बसेर संवाद गर्नुपर्ने भएको बेलामा यो बेलामा जसले पार्टीहरूका बिचमा, सरकारका विभिन्न तहका बिचमा समन्वय, सहकार्य गर्ने बेलामा यतिखेर सरकार र राष्ट्र बैंकको सम्बन्ध पनि, एक अर्काको परिपूरकको जस्तो सम्बन्ध हुनुपर्छ। सरकारले पनि राष्ट्र बैंकको नेतृत्वलाई त्यही हिसाबले, राष्ट्र बैङ्कको नेतृत्वले पनि सरकारलाई को सरकारमा छ, कहाँबाट को आएको छ भन्ने आँखाले होइन यो बेलामा विश्वसनीय सम्बन्ध पनि हुनुपर्छ। पारदर्शी हुनुपर्छ। एक अर्काको दृष्टिकोणमा पनि समानता ल्याउनुपर्‍याे।’

प्रकाशित: २२ चैत्र २०७९ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App