५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

उपनिर्वाचन :आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने

आउने बैखाख १० गते हुनेउपनिर्वाचनका लागि निर्वाचन आयोगले  आज अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहको छ।  

आयोगले उम्मेदवारका विरुद्धमा मङ्गलवार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।   

तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मङ्गलवार उजुरी दर्ताको समय तोकेको हो । तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन–२ का उम्मेदवार रवि लामिछाने विरुद्ध ४ वटा उजुरी परेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने यसअघि सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि सो क्षेत्र पुनः उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: २२ चैत्र २०७९ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App