२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने विपक्षी दलको निर्णय

एमाले संसदीय दलकाे कार्यालय सिंहदरबारमा बसेकाे विपक्षी दलकाे बेठकमा सहभागी नेताहरू। तस्बिर साैजन्य: एकनाथ ढकालकाे फेसबुक

काठमाडौं–संसदमा दर्ता संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएका प्रमुख प्रतिपक्ष एमालेसहितका नौ विपक्षी दलले सरकारले सहमतिको प्रयास नगरेको भन्दै सरकार विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने निर्णय गरेको छ। बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीले सहमतिको पहल गर्नुको साटो ‘जे मनमा आयो त्यही बोल्न थालेको’ भन्दै आक्रामक रुपमा प्रस्तुत हुने निर्णय गरेको राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिका संसदीय दलका नेता शिवलाल थापाले जानकारी दिए।

प्रधानमन्त्रीले बाहिर भाषणमा सहमतिको कुरा गर्ने तर व्यवहारमा भने सहमतिको कुनै पहल नगरेको भन्दै प्रधानमन्त्रीको चर्को आलोचना भएको थियो।
‘प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिले जे मन लाग्यो त्यही कुरा गर्नु दुखको कुरा हो,’ एक नेताले भने, ‘सरकारले सहमतिको कुनै पहल नगर्ने र दोषजति सबै विपक्षीको टाउकोमा थोपर्ने कामले सरकार सहमतिको पक्षमा नभएको प्रष्ट हुन्छ।’ विपक्षीलाई बेवास्ता गर्दै सरकार अगाडि बढे त्यसको परिणाम गम्भीर हुने विपक्षी दलले चेतावनी दिएका छन्।
विपक्षी गठबन्धनमा बहुजन शक्ति पार्टी थपियो
आठ दल सहभागी विपक्षी गठबन्धनमा थप एक दल थपिएको छ। यसअघि केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको तर अन्तिम अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता दिएको बहुजन शक्ति पार्टी पुन वर्तमान सरकारमा स्थान नपाएपछि पुन विपक्षी गठबन्धनमा पुगेको छ। बिहीबार बसेको विपक्षी गठबन्धनको बैठकमा बहुजन शक्ति पार्टीका नेता बिशवेन्द्र पाशवानपनि सहभागी भए। योसँगै विपक्षी गठबन्धनमा सहभागी दलको संख्या नौ पुगेको छ भने सांसद संख्या २०१ पुगेको छ।

संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका दलहरुसँग एक तिहाइ भन्दा बढी सदस्य पुगेपछि सरकार थप अप्ठेरोमा परेको छ। यसैगरी विपक्षी गठबन्धनले यही पुस १७ गते राजधानीमा गर्ने भनिएको विरोधसभा २२ लाई सारेको छ। तयारी नपुगेको भन्दै विरोधसभाको मिति सार्नु परेको नेताहरुले जनाएका छन्।

प्रकाशित: ७ पुस २०७३ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App