२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

अब सरकारको ध्यान मुलुकको अर्थतन्त्र सुधारमा हुनुपर्छ: उपेन्द्र यादव

सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अव सरकारको ध्यान मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र जनतालाई राहत दिने कुरामा केन्द्रित हुनुपर्ने बताएका छन्। 

शुक्रबार काठमाडाैँमा आयोजित रिपोर्टर्स क्लब नेपालको रजत महोत्सव समारोहमा बोल्दै उनले सरकारले पूर्णता भएको भन्दै सो कुरा बताएका हुन्।

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले मिटर ब्याजबाट पीडित जनताका समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिए। राज्यले उनीहरुलाई पीडामुक्त गराउने दायित्व लिनुपर्ने उनको भनाई थियो।

अध्यक्ष यादवले ग्रामीण भेगका जनताका लागि सानातिनो कारोबार गर्नका लागि लोन दिने व्यवस्थालाई सहज हुने गरी बैंक तथा वित्तीय संस्थाहरुको व्यवस्था गर्नुपर्ने खाँचो समेत औँल्याए। 

उनले भने, ‘आज सरकारले केही बाँकी भए पनि पूर्णता पाएको छ। र, अव सरकारको ध्यान मुलुकको अर्थतन्त्रलाई सुधार्ने, जनतालाई राहत पुर्‍याउनेतर्फ केन्द्रित हुनु पर्दछ। अहिले काठमाडौंमा मिटरब्याजीबाट आक्रान्त जनताहरु १०/१२ देखि मधेशबाट हिँडेर काठमाडौं आइपुगेका र काठमाडौंमा विभिन्न ठाउँहरूमा प्रदर्शन भईरहेको छ। सरकारले मिटर ब्याजबाट पीडित भएका जनताहरुको आवाज सुन्नु पर्छ। बुझनु पर्छ। र, समाधानको बाटो खोज्नै पर्छ। राज्यले यसको दायित्व लिनु पर्दछ। र, योसँगै ग्रामीण भेगमा जनताहरु सानोतिनो कारोबार वा लेनदेन वा खर्चको आवश्यकता परेको बेलामा त्यहाँ कुनै वित्तीय संस्थाले बैंक वा त्यस खालका संस्थाहरुले सहज रुपमा सजिलै उपलब्ध गराउन नसक्दा मिटर ब्याज दिनुपर्ने बाध्यता उत्पन्न भएको छ। यसको पनि समाधानको उपाय खोज्नुपर्दछ। सहज रुपमा गाउँका जनतालाई सानोतिनो कारोबार गर्न राज्यको पहुँच हुनु पर्दछ। त्यस किसिमका संस्थाहरुको विकास गर्न आवश्यक छ।’

अध्यक्ष नेपालले संविधान अनुसार सबैलाई अवसर दिने काममा पनि सरकार प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।

प्रकाशित: १७ चैत्र २०७९ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App