![](https://images.nagariknewscdn.com/authors/1679810019_334584182_918936509250200_8861568824391951764_n.jpg)
![](https://images.nagariknewscdn.com/authors/1679810024_334754572_1394217651344705_4903054084661471342_n.jpg)
![](https://images.nagariknewscdn.com/authors/1679810014_334245579_5707914382669398_2853429993270356214_n%20(1).jpg)
![](https://images.nagariknewscdn.com/authors/1679810009_327949882_1975120522820324_5457708692354957731_n.jpg)
गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आएका छन् ।
आज बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरबाट उनी गोरखा आएका हुन् । मन्दिरमा पुजा अर्चना र दर्शन गरेर उनी करिब दुई घण्टा गोरखामा रहेर फर्कने कार्यक्रम तय भएको उनको निजी सचिवालयले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ।
![](https://images.nagariknewscdn.com/authors/1679805135_334339625_570429924865347_5701989488723968986_n.jpg)
उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। सर्वसाधारण प्रभावित नहुने गरी यातायात तथा सुरक्षा प्रबन्ध मिलाइएको बुझिएको छ।
यसअघि राष्ट्रपति पौडेल साधारण तरिकाले काठमाडौंको बसन्तपुर दरबारमा जाँदा आम नागरिकले उनको प्रसम्सा गरेका थिए।
![](https://images.nagariknewscdn.com/authors/1679805162_327692289_3150723231887503_6919347279950254615_n.jpg)
प्रकाशित: १२ चैत्र २०७९ ०४:२९ आइतबार