१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

वित्तीय अत्याचार विरुद्ध जनविद्रोह सुरू भयोः प्रसाई

विराटनगरमा आयोजित कार्यक्रममा सहभागीहरू। तस्बिरः चुमन बस्नेत/नागरिक

वित्तीय संस्था विरुद्धको अभियान सञ्चालन गरिरहेका दुर्गा प्रसाईले जनतामाथिको आर्थिक शोषण र वित्तीय अराजकता अन्य नभएसम्म अभियान जारी राख्ने बताएका छन्। शुक्रबार विराटनगरमा  राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आयोजना गरेको सभामा प्रसाईले बैंक वित्तीय संस्थाको शोषण र वित्तीय अत्याचार अन्त्य नभएसम्म  उनिहरू विरुद्धको अभिायन  नरोकिने बताएका हुन्।

प्रसाईले लघुवित्त, सहकारी, बैंक तथा वित्तीय संस्थाहरूले सोझा साझा जनतामाथि अत्याचार गरिरहेको आरोप लगाए। उनले सूदूर पूर्व देखि सुदूर पश्चिम सम्म आफ्नो अभियानले प्रभाव पारिरहेको बताए। उनले आफूले भोट माग्न अभियान नचलाएको स्पष्ट पारे। प्रसाईले भने ‘मैले चुनावमा भोट माग्न अभियान चलाएको हैन, शोषणमा परेका जनताको न्यायका लागि अभियान चलाएको हुँ।’ 

आर्थिक मन्दी भएको वेला ७ प्रतिशतमा लिएको ऋणको ब्याजदर १८ देखि २१  प्रतिशत सम्म पु¥याएर बैंक तथा वित्तीय संस्थाले जनतामाथि चरम शोषण गरिरहेको उनले बताए। गरिबको उठीबास लगाउने काम तत्काल रोक्न प्रसाईले बैंक, लघुवित्त तथा सहकारीहरूलाई आग्रह गरे। प्रसाईले वित्तीय अराजकता विरुद्धको अभियान देशैभर सञ्चालन गरिरहेको जानकारी दिए। उनले नेपालमा वित्तीय अत्याचार विरुद्धको जनविद्रोह सुरू भइसकेको बताए। 

प्रकाशित: १० चैत्र २०७९ १४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App