coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारमा जाने/नजाने बारे छलफल गर्दै रास्वपा

रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिए पनि सरकारमा जाने/नजाने निर्णय भने गरिसकेको छैन्।

नागरकि न्युजसँग कुरा गर्दै सांसदीय दलको नेता डोलप्रसाद अर्यालले रास्वपा अहिले नै सरकारमा जाने/नजानेबारे औपचारिक निर्णय नभएको बताएका हुन्।

उनले भने, ‘हामिले सरकारमा जाने नजाने भनेर निर्णय गरिसकेका छैनौं। अब बैठक बसेर निर्णय लिने छौं। कुन मन्त्रालयले लिने भन्नेबारेमा पनि त्यस्तो कुनै सोचेको छैनौं विश्वासको मत मात्र कायम राखेका हौँ।’

रास्वपा प्रतिनिधिसभाको चौथो ठूलो दल हो। गएको मंसिर ४ गते भएको निर्वाचनबाट पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर २० सिट सांसद पद पाएको थियो। पुस १० गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा)सहित सातदलीय गठबन्धन बन्दा रास्वपा पनि महत्त्वपूर्ण दल बनेको थियो।

पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्रीका रूपमा शपथ लिएका थिए।

त्यस्तै माघ ३ गते मन्त्रिपरिषद् विस्तार गर्दा रास्वपाबाट दुई मन्त्री र एक राज्यमन्त्री थपिए। उपाध्यक्ष डोलप्रसाद (डीपी) अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा र शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बने भने डा।तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए।

तर रास्वपा केहि महिनामात्र सरकारमा सहभागी भयो। माघ २२ गते सरकार छाड्यो। कारण थियो सभापति लामिछानेको सांसद पद खारेजी र सत्तामा शक्ति बाँडफाँटको विषय। अर्थात्, पार्टीले पाएको गृह मन्त्रालय पुनः पाउनुपर्ने विवाद थियो।

तर प्रधानमन्त्री दाहालले रास्वपालाई गृहमन्त्री नदिएपछि माघ २२ मा रास्वपाले सरकार छाड्यो। पार्टीले सरकारलाई दिएको समर्थन भने यथावत् राखेको थियो। त्यस्तै फागुन १३ गते राप्रपाले पनि सरकार छाड्यो र समर्थन पनि फिर्ता लियो।

फागुन २५ मा राष्ट्रपति निर्वाचनमा रास्वपाले पौडेलको पक्षमा मतदान गर्‍यो। चैत ३ मा भएको उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीका उम्मेदवार ममता झाका पक्षमा मतदान गर्‍यो। रास्वपाले चैत ६ मा प्रधानमन्त्री दाहाललाई दोस्रोपटक विश्वासको मत दिएको थियो।

त्यस्तै उपनिर्वाचनको उम्मेदवारी टुङ्ग्याउन भने रास्वपाको बैठक यहि १० गते बस्दै छ।

रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार उपनिर्वाचनको उम्मेदवारी टुङ्गो लगाउन १० गते बैठक बस्न लागेको हो।

उनले भने, ‘हामीले उपनिर्वाचनको उम्मेदवारी टुङ्ग्याउन १० गते बैठक बस्दै छौँ। हामिले ३ वटौ स्थानको अवस्था बुझिरहेका छौँ। सरकारमा जाने नजाने भन्ने विषयमा पनि त्यहिँ दिन छलफल हुन् सक्छ। सभापतिले दलको तर्फबाट प्रधानमन्त्री सँग छलफल गर्दै हुनुहुन्छ।’

प्रकाशित: ८ चैत्र २०७९ ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App