४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

झापाका ३ क्याम्पसमा स्ववियू निर्वाचन स्थगित,१० वटामा मतदान जारी

देशभर जस्तै झापाका १० क्याम्पसमा यतिबेला स्ववियू निर्वाचन चलिरहेको छ। जिल्लामा रहेका १३ आङ्गिक क्याम्पसमा मध्ये काकडभिट्टा,गौरादह र गरामनि क्याम्पसमा भने निर्वाचन हुन सकेन।

काकडभिट्टा क्याम्पसमा अनेरास्ववियुको विरोधका वावजुद निर्वाचन कार्यक्रम सार्वजनिक गरेको भन्दै सो संगठनले कलेज हातामा तालाबन्दी बन्द गरेको छ,यहाँ चैत्र ११ गते निर्वाचन हुने गरी तालिका सार्वजनिक भएको छ।

यता गरामनि क्याम्पसमा भने ५४ जना विद्यार्थी छन्, नेविसंघको उम्मेदवारी नपरेको भन्दै अनेरास्ववियुको एकल समितीको नाम टाँसिएपछी नेविसंघले विरोध गरेपछि निर्वाचन स्थगित भएको हो।

यद्यपि नेविसंघ झापाले आफूहरुको मनोनयन दर्ता नगरी एकल समिति घोषणा गरेकाले विरोध गरेको बताएको छ।

त्यस्तै गौरादह क्याम्पसमा अनेरास्ववियुले एकमुष्ट १ लाख १३ हजारको चेक जम्मा गरेर विद्यार्थीको इच्छा विपरीत भर्ना गरेको भन्दै विरोध भएपछि निर्वाचन स्थगित भएको हो।

निर्वाचन भइ रहेका १० क्याम्पस मध्ये २ क्याम्पसमा नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीको सभापति सहित नेविसंघ र अनेरास्ववियुका उम्मेदवारहरुले निर्वाचनमा सहभागिता जनाएका छन्।

नेविसंघ झापाका सभापति सन्जय निरौला जिल्लाका सबै क्याम्पसमा आफ्नो संगठनले विजय हासिल गर्ने दावी गरिरहेका छन् भने अनेरास्ववियुका जिल्ला अध्यक्ष रोशन लामाले आफूहरु जिल्लाको पहिलो संगठन बन्ने दावा  गरेका छन्।

त्यस्तै अखिल क्रान्तिकारीले सभापति पदमा आफ्ना २ उम्मेदवार सहित नेविसंघसँग तालमेल भएका अन्य क्याम्पसमा पनि सदस्यका आफ्ना उम्मेदवार विजयी हुने आंकलन गरेका छन्।

प्रकाशित: ५ चैत्र २०७९ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App