नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले विद्युत व्यापार गर्ने बेला नभएको बताएका छन्।
अध्यक्ष ओलीले भारतप्रति संकेत गर्दै ६ रूपैयाँ प्रतियुनिट विद्युत खरिद गरेर १२ रुपैंयामा बिक्री गर्न नहुने बताएका हुन्।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले भारतले आफ्नो बार्गेनिङ क्षमतामाथि पार्नका लागि विद्युत आवश्यक नभएको गलत प्रचार गर्ने गरेको र नेपाल त्यसको भ्रममा पर्न नहुने पनि पटकपटक दोहोर्याए।
अध्यक्ष ओलीले मुलुक भित्रै उद्युत खपत गरेर, उत्पादनमूलक उद्योगको स्थापना गरे पछि मात्रै यसको बिक्रीको कुरा गर्न उपयुक्त हुने धारणा समेत राखे। भारतले अढाई रुपैयामा प्रतियुनिट आफ्नो जनतालाई विद्युत दिने गरेको तर नेपाललाई भने प्रतियुनिट १२ रुपैयामा बेच्ने काम गरेर अन्याय गरेको उल्लेख गर्दै त्यस्ता खालको काममा लाग्न नहुने ओलीको भनाइ थियो।
उनले भने, ‘विद्युत निर्यात किन गर्नु पर्यो? पहिले यहाँ खपत गरांैं। यहाँ रोजगारी सृजना गरांैं। उत्पादन उद्योगलाई अघि बढाऔं। हाम्रो राष्ट्रिय खपत क्षमता वृद्धि गरांै। अनि मात्रै व्यापारका कुरा गरौंला। अहिले विद्युतको हाहाकार छ। तर हाम्रो विद्युत सस्तोमा किन्नका लागि के भन्दिन्छ–हामी कहाँ त विद्युत आवश्यक्ता भन्दा बढि भइसक्यो। त्यसो भएपछि हाम्रो बार्गेनिङ क्षमता कमजोर हुने भयो। तपाईहरुलाई नचाहेको भएपनि किनि दिनोस् भन्नु पर्यो। त्यस्तो पनि हुन्छ कुरा। नचाहिएर कसैले किन्छ? उस कहाँ विद्युत आवश्यक्ता भन्दा बढि भइसक्यो भने कुनै हालतमा पनि कुनै सर्तमा अनि सित्तै दिएपनि। मैले खाना खाएर खाइसके। तपाईले सित्तै खाना खुवाउछु भन्नु भयो। कसरी खान्छु? मेरो आवश्यक्ता परिपूर्ति भईसक्यो भने म त्यो आवश्यक्तामाथि कसरी उपयोगिताको पनि सिमान्तको नियम हुन्छ नि। त्यसकारण कसैले पनि आफूलाई चाहिएको छैन भने किन्दैन। भ्रममा नपरौं। चाहिएको छ, त्यसकारण किनीराखेको छ। तर, हाम्रो विद्युत क्षमता आवश्यक्ता भन्दा बढि विकास भइसक्यो भन्ने कुरा गलत हो। होइन भने हाम्रो विद्युत किन्ने थिएन। खाली हामीलाई बार्गेनिङ गर्नका लागि। त्यसकारण यो बार्गेनिङमा धेरै परिरहनुपर्ने आवश्यक्ता नै छैन। हामी कहाँ कति उत्पादन भएको छ विद्युत। हाम्रो जस्तो देशले विद्युतको खपत कति गर्ने हो? अनि औद्योगिकीरकण गर्नु पर्दैन? हामी कहाँ विद्युत खपत भएन भन्ने। उद्यमी, व्यवसायीहरुले विद्युत मागी राखेको छ । सबस्टेशन छैन। त्यसकारण दिन सकिदैन भनिन्छ अनि हाम्रो इन्डष्ट्रीलाई दिन नसकेर हाम्रो उत्पादन भइराखेको छैन। हामी महंगोमा लिन्छौं। यहाँ उत्पादन भयो भने हाम्रो हिसाव कस्तो हुन्छ भने यही सामान प्रोडक्सन भयो भने आयात हुँदैन, आयात भएन भने टयाक्स आउदैन। कठैबरी। त्यो खालको हिसावकिताव हुन्छ यहाँ। यो गलत हो। त्यसकारण अहिले हामी ऊर्जा व्यापारको क्षेत्रमा हामी ऊर्जा किनिराखेका छौं।’
प्रकाशित: ३ चैत्र २०७९ १२:२४ शुक्रबार