६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सांसदहरुको बधाई

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सांसदहरुले बधाई दिएका छन्। संसद भवनको हलभित्र  एक कार्यक्रमबीच संघ र प्रेदशका सांसदहरु,सबै राजनीतिक दलका शिर्ष नेताहरु,सरकारी निकायका उच्च पदाधिकारीहरु,संवैधानिक निकायका पदाधिकारीले बधाई दिएका हुन्।

बिहीबार पौडेल नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले संघतर्फ १६ हजार ९०६ र प्रदेशतर्फ १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मत प्राप्त गरेका थिए।  

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले भने प्रदेशतर्फ सात हजार ७७६ र संघतर्फ सात हजार ७४२ गरी कुल १५ हजार ५१८ मत प्राप्त गरेका थिए। 

प्रकाशित: २५ फाल्गुन २०७९ १२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App