११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनी तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन्। उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन्। उनका प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे। 

बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभातर्फ ३१३ जनाले र प्रदेशसभातर्फ ५१८ जना सदस्यले मतदान गरेका थिए।

राष्ट्रपति पदका लागि ९ दलिय गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका पौडेल र नेकपा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष नेम्वाङले उममेदवारी दिएका थिए। निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेककिपा तथस्ट बसेका थिए भने अरु  दलले मतदान गरेका थिए। 

राष्ट्रपतिको निर्वाचन बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि साँझ ३ बजेबीचमा सम्पन्न भएको हो। निर्वाचन सकिएको ४५ मिनेटपछि मतगणना सुरु भएको हो।

प्रकाशित: २५ फाल्गुन २०७९ ११:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App