१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

भट्टराईले बेलायतमा ‘आर्थिक विकासबारे नयाँ दृष्टिकोण’मा बहस गर्ने

काठमाडौँ-नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई आज अन्तर्राष्ट्रिय नेपाली समाज, बेलायतको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका छन् ।

बेलायतमा रहँदा उनले नेपाली समुदायसँग छलफल र अन्तक्र्रिया गर्नाका साथै त्यहाँको संसद् हाउस अफ कमन, लन्डन स्कुल अफ इकोनोमिक्स र अक्सफोर्ड विश्वविद्यालयमा भेटघाट र नेपालको आर्थिक विकास लगायत बारेमा छलफल गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले यही कात्तिक ३० गते बेलायतको अक्सफोर्ड विश्वविद्यालयका उपकुलपतिसँग शिष्टाचार भेट र विश्वविद्यालयमा ‘समावेशी लोकतन्त्र, दिगो विकास र सामाजिक न्यायः नेपालमा आर्थिक विकासका निम्ति नयाँ दृष्टिकोण’ विषयमा प्रवचन दिनेछन् ।

उनीसँगै नयाँ शक्तिका विदेश विभाग प्रमुख नवराज सुवेदी र कृषि विभाग प्रमुख मदन राई पनि सहभागी छन् । साथै उनले पोर्चुगलमा पनि नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । रासस

प्रकाशित: २५ कार्तिक २०७३ १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App