८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

महत्वपूर्ण निर्णय गर्न म अहिले सिंहदरबार र राष्ट्रपति कार्यालय जानुपर्ने भयो: प्रधानमन्त्री दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार एउटा कार्यक्रममा भाषण गर्दागर्दै ‘आफू महत्वपूर्ण निर्णय गर्न सिंहदरबार र राष्ट्रपति कार्यालय जान लागेको’ बताएका छन्।  

‘अहिले नेपाल सरकारका महत्वपूर्ण निर्णय गर्नुपर्ने भएको छ। पहिला सिंहदरबार र राष्ट्रपति भवन पनि केही महत्वपूर्ण निर्णय गर्नका लागि जान लागेको हो’, महत्वपूर्ण निर्णय गर्न आफु हतारमा रहेको उल्लेख गर्दै कार्यक्रमको सुरुमै भाषण गरेका प्रधानमन्त्री दाहालले भने, ‘म लडिरहेको छु। मैले केही गरिरहेको छु।’

उनले आइतबार आयोजित ‘जनयुद्ध सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वले खेल्नुपर्ने भूमिका’ कार्यक्रममा भाषण गर्दा उक्त कुरा बताएका हुन। प्रधानमन्त्री दाहालले सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने र फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णयले गर्ने संकेत बुझन सहभागीहरुलाई आग्रह गरेका थिए। उनले यस्तै केही निर्णयका लागि आज आफु हतारमा रहेको उल्लेख गरे।

प्रकाशित: २१ फाल्गुन २०७९ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App