१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

उपरथी शाहीलाई सैनिक अदालतले सेवाबाट हटायो

फाइल तस्बिर

नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अदालतको फैसलाले सेवाबाट हटाएको छ।

आर्थिक अनुशासनमा नबसेको आरोपमा दुईमहिनादेखि थुनामा राखिएका शाहीलाई  उपरथी ताराध्वज पाण्डेको नेतृत्वको सैनिक अदालतले बिहीबार सेवाबाट हटाउने फैसला गरेको हो।

शाहीसँगै थुनामा रहेका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमसिनालाई भने आंशिक कारबाही भएको जंगी अड्डाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

आर्थिक अनुशासनमा नबसेको भनिएपनि अन्तत: सैनिक विद्रोहको कसूर लगाएर मुद्दा चलाइएको सैनिक स्रोत बताउँछ।

प्रकाशित: १८ फाल्गुन २०७९ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App