६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपतिमा सबैको भरोसा म माथि छ: रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारको रुपमा आफूमाथि सबैले भरोसा राखेको बताएका छन्।

बिहीबार आठ दलको तर्फबाट राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरी सांसदहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सबैको माया पाएको बताएका हुन्।

उनले सबै सांसदहरु आफ्नो उम्मेदवारीप्रति सकारात्मक रहेको पनि बताए। वरिष्ठ नेता पौडेलले सांसदहरुले आफुले संविधानको संरक्षण गर्ने कुरामा भरोसा मानेका पनि उल्लेख गरे।

उनले भने, ‘सबैसँग सम्पर्क र भेटघाट भइरहेको छ। मैले आफ्नो जिम्मेवारी पूरा गर्छु भनेर उहाँहरुलाई विश्वास दिलाउने काम गरिराखेको छु। सबै अत्यन्त सकारात्मक हुनुहुन्छ। तपाई पुरानो मान्छे भनेर माया गर्छन्। सबै साथीहरुले माया गर्नुहुन्छ। तपाईमाथि भरोसा छ, तपाईले अवश्यपनि संविधानको संरक्षण गर्नुहोला भन्छन्।’

प्रकाशित: १८ फाल्गुन २०७९ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App