५ वैशाख २०८१ बुधबार
राजनीति

अतिथि वक्ता भएर ‘वान रोड वान बेल्ट’ बारे डा. भट्टराईले चीनमा सम्बोधन गर्ने

काठमाडौं-नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई २१औँ शताब्दीको सामुद्रिक सिल्क रोड प्रदर्शनीमा सहभागी हुन बुधबार राती चीनतर्फ प्रस्थान गर्ने भएका छन्।

ग्वाङ्गडोङ्ग प्रान्तका गभर्नर झु जियोदानको निमन्त्रणामा डा. भट्टराई उक्त प्रदर्शनीमा अतिथि वक्ताको रुपमा सहभागी हुन जान लागेका हुन्।

चीनको गोन्जाओ र ग्वाङ्गडोङ्गमा कार्तिक ११ देखि १४ गतेसम्म प्रदर्शनी हुनेछ ।

ग्वाङ्गडोङ्ग बैयुन अन्तराष्ट्रिय सम्मेलन केन्द्र गोञ्जाओमा हुने कार्यक्रममा ‘वान रोड वान बेल्टले चीन र विश्वको बीचमा समान विजयको अवसर कसरी ल्याउँछ?’ भन्ने शिर्षकमा भट्टराईले प्रवचन दिनेछन्।

भ्रमणकाक्रममा ग्वाङ्गडोङ्ग प्रान्त सरकारका प्रमुख तथा चाइना कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुसँग भेटघाट हुने कार्यक्रम रहेको छ ।

ग्वाङ्गडोङ्ग बैयुन अन्तराष्ट्रिय सम्मेलन केन्द्र गोञ्जाओमा हुने कार्यक्रममा ‘वान रोड वान बेल्टले चीन र विश्वको बीचमा समान विजयको अवसर कसरी ल्याउँछ?’ भन्ने शिर्षकमा भट्टराईले प्रवचन दिनेछन्।

भट्टराईलाई प्रेषित निमन्त्रणा पत्रमा उल्लेख छ– ‘नेपाल र ग्वाङ्गडोङ्ग बीचमा सार्थक संवाद र सहकार्य अभिवृद्धि गर्न यो भ्रमणले सघाउ पुग्ने छ ।’ पत्रमा थप लेखिएको छ– ‘सामुद्रिक सिल्क रोडका साथै आर्थिक व्यापार र भौतिक पूर्वाधारलाई अन्तर्सम्बन्धित र सबल बनाउनु, देशहरूबीचको सम्बन्ध विस्तारमा वान बेल्ट वान रोडको प्रभावकारी मञ्च निर्माणको प्रारम्भ गर्नु प्रदर्शनीको उद्देश्य रहेको छ ।’

कार्यक्रमको अवधिमा आर्थिक तथा व्यापारिक लगानी, पर्यटन, संस्कृति र भौतिक पूर्वाधारका क्षेत्रमा नेपाल र चीनबीच सहकार्यको वातावरण निर्माण गर्नेबारे चरणबद्ध छलफल हुने कार्यक्रम रहेको छ ।

ग्वाङ्गडोङ्गमा हुने कार्यक्रमपछि स्वदेश फर्कने क्रममा डा. भट्टराईले कार्तिक १३ गते हङ्कङ्मा बस्ने नेपालीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित: १० कार्तिक २०७३ १०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App