१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

अब प्रदेश सरकार झनै बलियो हुन्छः अध्यक्ष यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताएका छन्।

शनिवार जनकपुर पुगेका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका छन्। उनले आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेकाले सहमति अनुसार नै अब अघि बढ्ने बताए। 

उनले प्रदेश सरकार आगामी दिनमा श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरु प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्ने दाबी गरे।

उनले भने, ‘काँग्रेसले राष्ट्रपति र हामीले उपराष्ट्रपति पाउने सहमति भएको छ। प्रदेश सरकार आउने दिनमा झनै बलियो हुन्छ, श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरु प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्छ।’

अध्यक्ष यादवले सत्ता गठबन्धनले मधेस प्रदेशमा कुनै समस्या नआउने दाबी गरे।

प्रकाशित: १३ फाल्गुन २०७९ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App