२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपालमा भारत विरोधी भावना बढ्योः भट्टराई

काठमाडौं— नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेपालमा भारतविरोधी भावना बढेको बताएका छन्। नेपालमा देखिएको अस्थिर राजनीतिको प्रभाव भारतमा पनि पर्ने बताउँदै यसले नेपालमा भारत विरोधी भावना बढाएको उनले बताएका हुन्।

नेपालमा देखिएको अस्थिर राजनीतिको प्रभाव भारतमा पनि पर्ने बताउँदै यसले नेपालमा भारत विरोधी भावना बढाएको उनले बताएका हुन्।

नेपाल समसामयिक अध्ययन केन्द्रले धुलिखेलमा आयोजना गरेको 'नेपाल– भारत सम्बन्ध' विषयक गोष्ठीमा पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो धारणा राखेका हुन्।

सार्क राष्ट्रमा देखिएको समस्या न्यूनिकरणका लागि ठूलो राष्ट्रको हैसियतले भारत र अध्यक्ष राष्ट्रको हैसियतले नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

लोकमान बचाउने अभियानमा सक्रिय रहेका भारतीय राजदूत रणजीत राय पनि धुलिखेलमा भएको सो गोष्ठमा सहभागी थिए। उनले बलियो राजनीतिक समझदारी भएपछि मात्र विकास प्राथमिकतामा पर्ने उल्लेख गरे।

प्रकाशित: ५ कार्तिक २०७३ ११:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App