८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्छ: प्रधानमन्त्री दाहाल

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको उम्मेदवार फागुन १३ गतेसम्म टुंगो लाग्ने बताएका छन्।  

बिहीबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपश्चात् उनले राष्ट्रपतिको उम्मेदवार फागुन १३ गतेसम्म टुंगो लाग्ने बताएका हुन्।  

छलफलपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री दाहालले दलबीचको छलफल जारी रहेको र यही फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्ने जानकारी दिए।  

उनले भने, 'अहिले छलफल भइरहेको छ। फाइनल भएको छैन।' भेटवार्तामा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि सहभागिता थियो।  

प्रकाशित: ११ फाल्गुन २०७९ ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App