२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको नाम एसडी मुनीको ट्वीटमा पढनुपर्ने दुखद्: रघुजी पन्त

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपालको राष्ट्रपतिको नाम भारतीय पूर्वप्राध्यापक एसडी मुनीको ट्वीटमा पढनुपर्ने अवस्था आउनु दुखद् भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले भारतीय पूर्वप्राध्यापक एसडी मुनीको ट्वीटमा नेपालको राष्ट्रपतिको नाम पढनुपर्ने अवस्था आउनु दुखद् भएको बताएका हुन्। उनले हाम्रो राजदुतले भारतको विदेशमन्त्री समेत भेटन नपाउने तर त्यहाँका विदेश सचिवले हाम्रा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री समेत भेटन पाउने विषय सही नभएको पनि पटकपटक दोहोर्‍याए।

पन्तले विदेशीहरुले नेपालमा गरेको भेटघाटबारे नियमन गर्न सरकारसँग माग गरेका छन्।  

नेपालको राष्ट्रपति निर्वाचनअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राले गरेको उच्चस्तरीय राजनीतिक भेटवार्ताप्रति आपत्ति जनाउँदै उनले कहिल्यै पराधिन नभएको मुलुकको लागि लाजमर्दो विषय भएको टिप्पणी समेत गरे।  

प्रकाशित: १० फाल्गुन २०७९ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App