४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने कानुनी व्यवस्था गरौं: सांसद सुवाल

फाइल तस्बिर

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरुले काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।

देशको सन्तुलित विकास र काठमाडौं उपत्यकामा आउने विपद् व्यवस्थापनका लागि पनि प्रधानमन्त्री, मन्त्री, सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरुले काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने उनको तर्क थियो।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौं उपत्यका विकास प्राधिकरणको कामै नभएको भन्दै खारेज गर्न पनि माग गरे।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा डोजर लगाएर जथाभावी भत्काउने गरिएकोमा आपत्ति जनाउँदै उनले त्यसले ठूलो विपद् ल्याउनेतर्फ पनि सरकार र सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराए।  

प्रकाशित: १० फाल्गुन २०७९ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App