१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

पूर्व राजाले वर्तमान संविधानलाई स्विकार गरेर आए सहकार्य हुन सक्छ: पूर्व सभामुख सापकोटा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले पूर्व राजाले वर्तमान संविधानलाई स्विकार गरेर आए सहकार्य हुन सक्ने बताएका छन्।  

एकिकृत अखिल नेपाल शिक्षक संगठनको भेलालाई सम्बोधन गर्न सिन्धुली आएका पूर्व सभामुख सापकोटाले पूर्व राजाले वर्तमान संविधानलाई स्विकार गरेर आए सहकार्य हुन सक्ने बताएका हुन्।

'लोकतान्त्रिक गणतन्त्र भनेको व्यापक दायरमा सञ्चालित व्यवस्था हो,' उनले भने, 'पूर्व राजाले पनि आफ्नो अभिव्यक्ति राख्न पाउनुहुन्छ सोही अनुसार राख्नुभएको होला यो सामान्य हो।'  

पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्थासँग सहकार्य गर्न दलहरुलाई आग्रह गरेको अभिव्यक्ति सार्वजानिक भएसँगै पूर्व सभामुख सापकोटाले यस्तो धारणा राखेका हुन्। राष्ट्रपतिमा राष्ट्रिय सहमती खोज्ने नै माओवादीको आधिकारीक धारणा भएको उनको भनाइ छ। राष्ट्रिय सहमतीको लागि पार्टी अध्यक्ष पहल गरिरहेको भन्दै उनले उक्त पहलले जुनविन्दुमा सार्थकता पाउछ माओवादीले सोही अनुसार कार्य गर्ने बताए। 

राष्ट्रपतिमा काँग्रेसलाई सघाउने वा नसघाउने भन्नेमा उनले खुलेर बोल्न चाहेनन्। अहिले सबैकुरा खोल्ने र बोल्ने बेला भएको छैन, उनले भने, समय आएपछि माओवादीको थपधारणा सार्वजनिक हुने नै छ।  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबिच दैनिक भेटवार्ता भएको भए पनि राष्ट्रिय सहमती नभएको उनको भनाइ छ। छलफल भइरहेको भए पनि निष्कर्षमा नपुगेकाले अहिले अनुमानको भरमा बोल्नु सान्र्दभिक नहुने उनले बताए।  

प्रकाशित: ७ फाल्गुन २०७९ १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App