१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सांसद भण्डारीलाई उपचारका लागि भारत लगियो,६ जना स्वास्थ्यकर्मी सँगै जादै

ग्यास सिलिन्डर पड्किएर घाइते भएका सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिएको छ।

श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका लागि लगिएको हो।

उनको उपचार टिममा डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) दिनेश राई, (प्यारामेडिक्स इआर), सागर महर्जन, (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर)  उपचार टोलीमा सहभागी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

बुधबार राती बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा.भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन्। आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ। नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ।

प्रकाशित: ४ फाल्गुन २०७९ ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App