१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा सुरु भएको हो।

आजको बैठकमा चितवन क्षेत्र नम्बर–२ मा पार्टीबाट कसले उम्मेदवारी दिने बिषयमा छलफल हुने बताइएको छ। त्यस्तै रास्वपाले केन्द्रीय समिति बढाउने पनि निर्णय गर्ने बताइएको छ।

आगामि वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। यसअघि, सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए। लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले सांसदबाट पदमुक्त हुने फैसला गरेपछि चितवन क्षेत्र नम्बर–२ मा पुन निर्वाचन हुन लागेको हो।

प्रकाशित: १ फाल्गुन २०७९ १०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App