४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्मचारी आरक्षण कोटा समानताका लागिः नेता राई

अधिवेशन उद्घाटन गर्दै नेता राई। तस्बिर: महेश्वर

नेकपा ( माओवादी केन्द्र)का केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल)ले कर्मचारी भर्ना तथा वृत्ति विकासमा आरक्षण कोटा समानताका लागि ल्याइएको बताएका छन्। शनिबार सदरमुकाम गाईघाटमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको पाँचौ जिल्ला अधिवेशन उद्घाटन गर्दै नेता राईले सो कुरा बताएका हुन्।  

देशमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था माओवादी एजेण्डा भएको भन्दै उनले त्यसको कार्यान्वयन गर्ने जिम्मा पनि माओवादीकै काँधमा आएको बताए। संघीयता संस्थागत गर्न बनेको संविधानपछि पहिलो चुनाव ०७४ बाट माओवादी समेतको गठबन्धनमा  बनेको नेकपाले झण्डै दुईतिहाई बहु्मत ल्याउन सफल भए पनि तत्कालीन प्रधानमन्त्री केपी ओली भएकाले संघीयता झण्डैझण्डै खारेजीको अवस्थामा पुगेको उनको भनाई थियो।  

तर, ०७९ को दोस्रो निर्वाचनमा काँग्रेससँगको गठबन्धनबाट पार्टी तेस्रो स्थानमा झरे पनि प्रचण्डले सरकारको नेतृत्व गर्न पाएकाले अव संघीयताको कार्यान्वयन हुनेमा शंका नगर्न कर्मचारीहरुलाई राईको आग्रह थियो। कर्मचारी आरक्षण कोटाको व्यवस्था सदियौँदेखि पछि परेका र पारिएका जातजाति, समुदाय र भूगोललाई समान अवसर दिलाउने ‘सु्त्र’ भएको भन्दै उनले सँगै यो माओबादी एजेण्डा पनि भएकाले कार्यान्वयन गर्नुपर्ने बताए।  

नेता राईले २००७ सालअघि विद्यमान ‘श्री ५’, ‘श्री ३’, एउटा ‘श्री’ र ‘श्रीबिहीन’ मान्छेको असमान समाजलाई २००७ सालको क्रान्तिले श्री ३ फालेर पञ्चायत र बहुदलमा शाह वंशमा ‘श्री ५ को सरकार’ कायम रहन पुगेको उनले बताए। २०५२ देखि २०६२ सम्म ‘श्री ५ को सरकार’ बिरुद्ध १० वर्षे जनयुद्ध र १९ दिने जनान्दोलन गरेर राजतन्त्र फाल्दै संघीयताको स्थापनापछि अहिले सबैलाई एउटै ‘श्री’ ले पुकारिने उनको भनाई थियो। अहिले राष्ट्रपति र प्रधानमन्त्री पनि श्री, अरु सामान्य नागरिकले पनि एउटै श्री को उपाधि पाउने व्यवस्थाले समानता झल्काएको उनको स्पष्टिकरण थियो।  

२००७ सालअघि सीमित कुलघरानाले मात्र पढ्न लेख्न पाउँथे, उनीहरु भन्दा बाहेकले ‘क, ख’ मात्रै उच्चारण गरे पनि जिब्रो काटिने व्यवस्था थियो’ नेता राईले असमानताको व्याख्या गर्दै भने ‘त्यही असमान व्यवस्थाबिरुद्ध २००७ साल, २०१७ साल, ०५२–६२ को जनयुद्ध र जनान्दोलनबाट संघीय गणराज्य स्थापना गरेर समानता कायम गरिएको हो।’ राईले सदियौँदेखि पछि पर्दै र पारिदै आएका भूगोल, जाति र समुदायलाई त्यस बेलाको सोधभर्ना गर्न आरक्षणको व्यवस्था गरिएको ठोकुवा गर्दै पार्टीको एजेण्डा कार्यान्वयन गर्न सिंगो पार्टी पंतिदेखि कर्मचारीलगायत सबै जनबर्गीय संगठनहरुको प्रमुख दायित्व रहेकोमा उनको जोड थियो।  

आरक्षणलाई कतिपय संकिर्ण सोँच भएकाहरुले ‘९० प्रतिशत अंक ल्याउने फेल, ६० प्रतिशत ल्याउने पास’ भनेर खिसीट्युरी गर्ने गरेको उदाहरण दिदै नेता राईले इतिहासको सोध भर्नाका लागि आरक्षण मार्फत पिछडिएको जातजाति, मधेश र कर्णाली जस्ता भूगोललाई समानस्तरमा ल्याउने माओवादीको एजेण्डा भएको बताए। त्यसैले आरक्षण कोटा अहिले नै खारेज गर्ने सोँचसम्म नराख्न आग्रह गर्दै खारेज भएमा देश ठूलो गृहयुद्धमा धकेलिने र त्यसको नतिजा कल्पना भन्दा बाहिरको हुनसक्ने खतरा औँल्याए।  

कार्यक्रममा संगठनका प्रदेश १ इन्चार्ज गरिमा भट्टराई, केन्द्रीय सदस्य गणेश कार्की, पार्टी प्रदेश सदस्य द्रोण पौडेल (निरज) लगायतले कर्मचारीहरु देशको स्थायी सरकार भएको भन्दै संगठनमा आबद्ध कर्मचारीहरुले पार्टीको मूल मर्म र भावना बमोजिम स्वच्छ हृदयले जनताको सेवामा लाग्न आग्रह गरे। संगठनका अध्यक्ष हरि श्रेष्ठको सभापतित्व र सहसचिव चुडामणि थापाको सञ्चालनमा सम्पन्न अधिवेशनको बन्दशत्रले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ। नयाँ नेतृत्व चयनका लागि प्रदेश इन्चार्ज भट्टराई संयोजकत्वको ५ सदस्य निर्वाचण समिति गठन भएको छ।  

उदयपुरमा १ सय ४२ सना सदस्य रहेको संगठनको नयाँ कार्य समिति चयनका लागि सहमति गर्ने प्रयास हुने बताइएको छ। बन्दशत्रले सकेसम्म सहमतिको आधारमा निर्बिरोध नयाँ कार्य समिति चयन गर्ने प्रयास गर्ने निर्वाचन समिति सदस्य ताराकिरण राईले बताए।  

प्रकाशित: २९ माघ २०७९ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App