६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनी सरकारकी बिनाविभागिय मन्त्री कृष्णा केसीले दिइन् पदबाट राजिनामा

लुम्बिनी प्रदेश सरकारकी बिना विभागिय मन्त्री कृष्णा केसीले मन्त्री पदबाट राजीनाना दिएकी छिन्।

नागरिकसँग कुरा गर्दै उनले आफूले मुख्यमन्त्री लिला गिरि समक्ष राजीनामा बुझाएको बताइन्। ‘मैले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएको छु’,उनले भनिन्। तर के कारणले राजीनामा बुझाउनु परेको भन्ने सन्दर्भमा भने उनले खुलाइनन्। माओवादी सांसद उनी पुस २८ गते बिना विभागिय मन्त्रीमा नियुक्त भएकी थिइन्। माओवादी स्रोतका अनुसार आफूलाइ कमजोर मन्त्रालय पार्न खोजिएको भन्दै उनले राजीनामा दिएकी हुन्। माओवादीको भागमा परेको भौतिक पुर्वाधार मन्त्रालय उनको रोजाइमा थियो। तर यो मन्त्रालय उनले नपाउने भएपछी राजिनामा दिएको हुन सक्ने माओवादी स्रोतको भनाइ छ।

प्रकाशित: २८ माघ २०७९ ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App