२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘गृह’मा माओवादीको अस्वाभाविक रुचि

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय छाडेपछि माओवादीले त्यसमा अस्वाभाविक रुची राखेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले राखेको मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्दा त्यस्तो रुची देखिएको हो। प्रधानमन्त्री दाहालको रुचीमा अर्थबाट ल्याइएको सहसचिवहरूलाई महत्त्वपूर्ण जिम्मेवारीमा लगिएको छ। सहसचिवको आन्तरिक सरुवा पदास्थापनमा हतार गरिएको मन्त्रालयका कर्मचारीले जनाएका छन्। ‘मन्त्रालयमा मन्त्री आएपछि जिम्मेवारी हेरफेर गरेको भए राम्रो हुन्थ्यो मन्त्री नआई जिम्मेवारी हेरफेर गर्दा अहिले गरिएको सरुवामा समेत पछि आउने मन्त्रीले पनि हेरफेर गर्नसक्ने भएकाले त्यतिबेला समस्या हुनसक्छ र कर्मचारीलाई पनि काम गर्ने वातावरण हुँदैन,’ मन्त्रालयकै एक सहसचिव भने।  

प्रधानमन्त्रीले गृह मन्त्रालय जिम्मेवारी लिएको र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेपछि माओवादीकै नेतालाई गृहमन्त्रालयउ दिने तयारीका साथ अर्थमन्त्रालयबाट आएका सहसचिवहरूलाई जिम्मेवारी दिइएको स्रोतले जनाएको छ। ‘प्रधानमन्त्री र उहाँको दलको रुची भएका कारण सहसचिवहरूको सरुवा भएको हो केही दिनमै सचिवको समेत सरुवा हुँदैछ,’ गृह मन्त्रालका एक सहसचिवले भने। उनका अनुसार माओवादी आफैले मन्त्रालय सम्हाल्ने भएपछि अर्थ मन्त्रालयबाट गृहमा ल्याइएका सहसचिवलाई मन्त्रालयको महत्त्वपूर्ण महाशाखाहरूको जिम्मेवारी दिइएको हो।

गृह मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीबाट फणिन्द्रमणि पोखरेललाई हटाइएको छ। उनी लामो समय गृह मन्त्रालय रहेको र गृह मामिला जानकारसमेत रहेका थिए। उनलाई हटाएर विभिन्न मन्त्रालय पुग्दै फेरि गृहमा फर्केका जितेन्द्र बस्नेतलाई दिइएको छ। उनलाई प्रवक्तासमेत तोकिएको छ। सहसचिव अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रणको कार्यालयमा कार्यरत थिए। त्यसअघि बस्नेतले प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालय मातहतकै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक थिए। गृह मन्त्रालयबाट सरुवा भएर प्रदेशमा गएपछि अर्थ मन्त्रालय पुगेका थिए।

शान्ति सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारीमा रहेका फणिन्द्रमणि पोखरेललाई दिइएको छ। त्यस्तै केदारनाथ शर्मालाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। उनी अर्थ मन्त्रालयमा जनार्दन शर्माको टिममा बसेर काम गरेका सहसचिव हुन्। उनलाई पनि प्रधानमन्त्रीकै रुचीमा गृहमा ल्याइएको हो। यसअघि प्रशासन महाशाखामा गोविन्द रिजाल रहेका थिए। उनलाई अतिरिक्त समूहमा राखिएको छ।

गृह मन्त्रालय रहेका रुद्र पण्डितलाई मन्त्रालय मातहतको राष्ट्रिय पञ्जिकरण तथा परिचयपत्र विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ। पण्डित यसअघि भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत रहेको सहकारी विभागको रजिष्ट्रारमा कार्यरत रहेका थिए। सो विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका तिर्थ भट्टराई मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ।

गृह मन्त्रालयमा आएका दिनेशसागर भुसाललाई गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। भुसाल यसअघि आन्तरिक मामिला मन्त्रालय कर्णाली प्रदेशको सचिवको जिम्मेवारीमा थिए। गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमाा रहेका सहसचिव शंकरहरी आचार्यको कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि गोरखाको प्रमुख जिल्ला अधिकारीमा सिराहका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई पठाइएको थियो। उनलाई प्रधानमन्त्रीकै रुचीमा मन्त्रालय फिर्ता बोलाई केही दिनदेखि रिक्त रहेको गोरखाको प्रमुख जिल्ला अधिकराीमा भुसाललाई पठाइएको छ। कवारीलाई अहिले मन्त्रालयमै हाजिर गराइएको छ।

प्रकाशित: २३ माघ २०७९ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App