२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपति सि को नेपाल भ्रमण रद्द भएको छैनः चीन

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङ

काठमाडौं—चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल भ्रमण रद्द नभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले नेपाल-चीनका उच्च अधिकारीहरुले कुटनीतिक च्यानलबाट 'सञ्चार' गरिरहेको बताउँदै भ्रमण रद्द भएको भन्ने मिडिया रिपोर्टहरुको खण्डन गरिन्।

'चीन नेपालको नयाँ सरकरलाई महत्व दिएको छ। हामी दुई देशीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौं।'

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले भनिन्, 'तपाइँले भ्रमण रद्द भयो भन्नु भयो। यसो भन्नु उपयुक्त होइन। किन भने दुई पक्षबीच उच्चस्तरीय आदान प्रदान भइरहेको छ।'

प्रवक्ता हुवाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई लिएर दुवै मुलुकका उच्च अधिकारीबीच कुराकानी भइरहेको बताइन्। नेपालसँग निकटम सम्वाद चलिरहेको भन्दै भ्रमणबारे उचित समयमा जानकारी दिने उनले जनाइन्। 'चीन नेपालको नयाँ सरकरलाई महत्व दिएको छ। हामी दुई देशीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौं।'

केपी शर्मा ओली प्रधानमन्त्री हुँदैदेखि चिनयाँ राष्ट्रपति सि असोजमा नेपाल भ्रमण गर्ने चर्चा चलेको थियो। पछि नेपाली मिडियामा उनको भ्रमण रद्द खबर सार्वजनिक भएको थियो।

तत्कालीन प्रधानमन्त्री ओलीले चीनसँग पारवहन सन्धि गरेका थिए। सो सम्झौताको कार्यान्वयन आए नेपालको सयौं वर्षदेखि भारतमा निर्भर आयात चीनसँग सेयर हुन सक्छ। नयाँ सरकारले सो सम्झौता कार्यान्वयन गर्न नचाहेकाले चिनियाँ पक्ष रुष्ट भएको, चीनले अघि सारेको वान बेल्ड वान रोडमा पनि नेपालले समर्थन गर्न नचाहेकाले नेपालले अपेक्षा गरेको सि को भ्रमण रद्द भएको बताइएको थियो।

नेपालले मिडियामा आएका ती समाचारको खण्डन गरिसकेको छ। परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले सरकारले चिनियाँ राष्ट्रपतिको भ्रमण अपेक्षा गरिरहेको उल्लेख गरेका छन्। नेपाल सरकारले भ्रमण रद्द नभएको बताइरहँदा चिनियाँ पक्षको यस्तो भनाइ सोमबार सार्वजनिक भएको हो।

भारतमा हुने ब्रिक्स सम्मेलनमा सहभागी अघि वा पछि चिनियाँ राष्ट्रपति सि ले नेपालको भ्रमण गर्ने तयारी भइरहेको छ।

प्रकाशित: २७ भाद्र २०७३ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App