२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाराबाट चुनाव जितेका स्वतन्त्र सांसद कलवार जसपा प्रवेश

मधेस प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य शारदा शंकर कलवार जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्।

गत निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिई बारा २ (क) बाट निर्वाचित कलवारलाई आइतबार मधेस प्रदेशका अर्थमन्त्री संजय कुमार यादव र जसपाका विराटनगर महानगरपालिका अध्यक्ष अमरेन्द्र यादवले पार्टीमा प्रवेश गराएका हुन्।

उनी ७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए। तर गएको निर्वाचनमा एमाले र जसपाबीच भएको चुनावी तालमेलको कारण कलवारलाई टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

उनी बारा क्षेत्र नं २ (क) बाट ९ हजार २९५ मत प्राप्त गरी जसपा र एमालेको साझा उम्मेदवार बलवीर भुजेललाई पराजित गर्दै विजय भएका थिए।

यस अघि दुई स्वतन्त्र सांसदलाई जसपाले प्रवेश गराइसकेको छ। महोत्तरी २ (ख) बाट चुनाव जितेका स्वतन्त्र सांसद सुरिता साह र पर्सा क्षेत्र नम्बर ३ (क) का प्रमोद कुमार जैसवालले जसपामा प्रवेश गरेका थिए।

सुरितालाई जसपाले सामाजिक विकास मन्त्री बनाइएको छ। यो सँगै जसपाको मधेस प्रदेशमा सांसदको संख्या १९ पुगेको छ।

प्रकाशित: २२ माघ २०७९ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App