५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस नेतृत्वको तत्कालिन सरकारले निश्चित व्यक्ति, परिवार र वर्गका लागि अर्थतन्त्र तहसनहस पार्‍यो: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको तत्कालित सरकारले देशको अर्थतन्त्र तहसनहस पारेको आरोप लगाएका छन्।

आइतबार संसदको विशेष समयमा बोल्दै उनले भने, ‘अर्थतन्त्रको मान्य सिद्धान्त, नेपाली अर्थतन्त्रको आवश्यकता, आर्थिक विकासका सही नीति कार्यक्रमहरु खारेज गरेर गरेर अनौपचारिक, भष्ट्र राजश्व मारा, विकास बिरोधी जनबिरोधी र मनपरीतन्त्रका आधारमा अर्थतन्त्रलाई तहसनहस पारेर भएपनि निश्चित व्यक्ति, परिवार र वर्गको अवैध सम्पत्ति संकलन गर्ने लालसा पुरा गर्न राज्य संयन्त्रको चरम दुरुपयोग नेपाली काँग्रेस सभापति ज्ष्यूको नेतृत्वमा रहेको सरकारले गरेको यी तथ्य र यी आँकडाहरुले देखाउँछ। यो दुःखको कुरा हो।’    

उनले अगाडी भने, ‘म गम्भिरताका साथ प्रश्न गर्न चाहन्छु, जुन सरकारले यस्तो स्थितीमा पु¥याउछ नी, अनि त्यसको जिम्मा लिनु पर्दैन। यसरी दुरुपयोग गर्न मिल्छ। राष्ट्रिय सम्पत्ति? गम्भिर बिषय होइन। के यो बहस, छलफल विचार आदानप्रदान बिषय हो र?’

अध्यक्ष ओलीले अर्थतन्त्रको यो दुराअवस्थाको जिम्मेवारी तत्कालिन सरकारले लिनुपर्ने बताए।

प्रकाशित: २२ माघ २०७९ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App