५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

अस्थिर राजनीतिले धमिलो पानीमा माछा मार्न पल्लेकालाई मात्र हित हुन्छः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अस्थिरता तर्फ धकेल्ने प्रयास भएको उल्लेख गर्दै यसबाट धमिलो पानीमा माछा मार्न पल्केकाहरुलाई मात्र हित हुने बताएका छन्।

आइतबार संसद बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘राजनीतिक अस्थिरताले धमिलो पानीमा माछा मार्न पल्केकाहरुको मात्र हित हुन्छ। त्यसैले नेपाल, नेपाली र आम नागरिकका हितका लागि लागिरहनुपर्छ।’

अध्यक्ष ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्ता प्राप्त गर्ने कुराले सम्पूर्ण लोकतन्त्रलाई समाप्त पार्ने पनि बताए। ‘निहित छन् स्वार्थका लागि देश र जनताको विरुद्ध हुने वकालतहरु अब मान्य हुन सक्दैन’, उनले भने।

प्रकाशित: २२ माघ २०७९ ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App