२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

भाषा आयोग अध्यक्षमा लवदेव अवस्थी नियुक्त

काठमाडौं–सरकारले भाषा आयोगको अध्यक्षमा लवदेव अवस्थीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भाषा आयोगको अध्यक्षमा अवस्थीलाई नियुक्त गर्ने निर्णय गरेको हो। लामोसमयसम्म शिक्षा मन्त्रालयमा कार्यरत अवस्थी केही समयअगाडि मात्रै सचिवमा बढुवा भएका थिए।
मुलुक संघीयतामा गएपछि प्रत्येक प्रदेशमा सरकारी भाषाको रुपमा कुन भाषालाई प्रयोग गर्ने भन्ने निक्र्यौल भाषा आयोगले गर्नेछ। संविधान जारी भएको एकवर्षभित्र गठन हुनेछ भनिएको भाषा आयोग अन्तिम समयमा आएर गठन भएको छ।
यसैगरी सरकारले असोज १ र २ गते भेनेजुयलामा हुने असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन उपराष्ट्रपति नन्नबहादुर पुनको नेतृत्वको टोली पठाउने निर्णय गरेको छ।

 

प्रकाशित: २३ भाद्र २०७३ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App