coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेस प्रदेशमा मन्त्रीमण्डल बिस्तार

६ मन्त्री र ३ राज्यमन्त्री थपिए

मधेस प्रदेश सरकारको मन्त्रीमण्डल बिस्तार भएको छ। शुक्रबार ६ मन्त्री र ३ राज्यमन्त्रीले सपथ ग्रहण गरेका छ्न।  प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष शुक्रबार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।

नयाँ मन्त्रीमा सत्ता गठबन्धनबाट एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री सामेल भएका छन्। सत्तारुढ दल माओवादी केन्द्रले भने मन्त्री अस्वीकार गरेको छ। माओवादीले दुई मन्त्री मागे पनि एउटा मात्रै पाएको भन्दै सरकारमा सहभागी नभएको हो।

थपिएका मन्त्रीहरूमा सुरिताकुमारी साह (समाजिक विकास), शत्रुधन प्रसाद सिंह कोइरी ( गृह तथा सञ्चार),सिंहासन कलबार( खानेपानी तथा उर्जा विकास),राजकुमार लेखी ( कानुन न्याय तथा प्रदेश सभा मामिला), मोहम्मद जयद आलम (महिला बालबालिका,युवा तथा खेलकुद) ,शेख अबुल कलाम आजाद(राज्यमन्त्री (सामाजिक बिकास),केशब राय (राज्यमन्त्री (गृह तथा संचार),संजयकुमार यादव (राज्यमन्त्री (भुमि व्यवस्था कृषि तथा सहकारी) रहेका छन्।

प्रकाशित: २० माघ २०७९ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App