नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीले आफ्नो पार्टीका संसद सम्पर्क बिहीन रहेको जानकारी बाँके जिल्ला प्रहरीले दिएको उल्लेख गरेकी छिन्। उनले बिहिबार साँझ ६ बजेतिर आफ्नो फेसबुकमा स्टाटस लेख्दै यस्तो भनेकि हुन्।
श्रेष्ठ चौधरीले लेखेकि छिन्, ‘पक्राऊ गरिएका नागरिक उन्मुक्ति पार्टी को सासंद माननीय अरूण चौधरी सम्पर्क बिहीन रहेको छ बाकें जिल्ला प्रहरिमा सम्पर्क गर्दा हाम्रो जानकारीमा छैन भन्ने जवाफ फर्काउनुभयो।’
अरुणकुमार चौधरीलाई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका संयुक्त प्रहरी टोलीले बाँकेको कोहलपुरस्थित बैजनाथपुरबाट प्रकाउ गरेको े नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोषराज पोखरेलल पुष्टी गरि सकेका छन्।
उनका अनुसार चौधरीलाई आजनै कैलाली जिल्ला अदालत लगिएको जानकारी दिएका थिए।
प्रकाशित: १९ माघ २०७९ १२:४८ बिहीबार