coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले स्रष्टाको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन्।  

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आज आयोजना गरेको ‘गठबन्धन’ नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित गर्न तपाईंहरूले महत्वपूर्ण भूमिका खेल्नुभएको छ। देशभित्र मात्र होइन, विश्वभरि स्थापित गर्न तपाईहरूले खेलेको भूमिका प्रशंसनीय छ।’

प्रधानमन्त्रीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापना गर्ने जग बसालेको भन्दै आफूलाई प्रतिष्ठानप्रति खुसी र गर्वको महसुस भएको बताए।  

‘चित्रकला तथा प्रतिकलाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएका तपाईं विशिष्ट व्यक्तित्वलाई सम्मान गर्न पाउँदा निकै खुसी छु, यसले राष्ट्रकै गरिमा र उचाइ बढाउँछ’, उनले भने। सो अवसरमा प्रधानमन्त्रीले ललितकलाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने स्रष्टालाई सम्मान गर्नुका साथै ललितकलासम्बन्धी सिर्जनाको अवलोकन गरेका थिए।

प्रकाशित: १९ माघ २०७९ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App