२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजस्व परिचालनमा धेरै पछाडि परियो: अर्थमन्त्री पौडेल

फाइल तस्बिर।

उप-प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा राजस्व परिचालनमा धेरै पछाडि परिएको बताएका छन्।

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा नवनिर्मित बलराम-तारा प्रधान इनर्जी ल्याव भवनको आज उद्घाटन गर्दै गत आवको यही समयको राजस्व परिचालन दरको तुलनामा निकै पछाडि परिएको बताएका हुन्।

'चालु आवमा राजस्व परिचालनमा हामी निकै पछाडि परेका छौँ, पुँजीगत खर्च जम्मा १४ देखि १५ प्रतिशतसम्म छ, यो गत आवको यहीँ समयको भन्दा निकै कम हो', मन्त्री पौडेलले भने।

यही अवस्थाबाट सुधार गर्ने अपेक्षा गर्दै उनले आउने वर्षको बजेट कसरी निर्माण गर्ने भन्ने चिन्ता रहेको बताए। उनले समग्र अर्थ क्षेत्रमा चुनौती रहेको उल्लेख गरे। मन्त्री पौडेलले शिक्षा क्षेत्रको गुणस्तरीयतामा पनि चुनौती रहेकाले युवा जनशक्ति पलायन भएकोमा गुनासो गरे।\

'गुणस्तरीय शिक्षाको खोजी नेपाली युवा संसारका विभिन्न मुलुक जान बाध्य छन्, जसबाट ठूलो रकम विदेशिएको छ', उनले भने, 'यसले पैसा र युवा जनशक्ति दुवै पलायन भइरहेको छ।'

उनले समग्र मुलुक परिवर्तन गर्ने शिक्षा व्यवस्थापन गर्ने सरकारको दायत्वभित्र पर्ने भएकाले यो चुनौतीलाई चिर्दै गुणस्तरीय सीपमूलक शिक्षा दिनु आवश्यक रहेको बताए। रासस

प्रकाशित: १७ माघ २०७९ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App