३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेसबारे भ्रम नछर्न मन्त्री थापाको आग्रह

बनेपा—स्थ्स्यमन्त्री गगन थापाले वर्तमान सकारको पहिलो राष्ट्रिय प्राथमिकता निर्वाचन नै भएको बताएका छन्।

अरनिको यातायात समितिको ४५ औं साधरणसभामा उनले संविधान निर्माणमा सबै राजनीतिक दल एकत्रित भएझै जस्तै संविधान कार्यान्वयनका लागि पनि त्यस्तै भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

'स्थानीय निर्वाचन, प्रादेशिक निर्वाचन र संसद्को निर्वाचन निर्धारित समयमा नभए हामी सबै पराजित हुन्छौं', उनले भने।  

उनले मधेसमा काँग्रेस, एमाले र माओवादीका नेता नै निर्वाचित भएर आएकाले मधेसको विषयमा भ्रम नछर्न मधेसी नेतालाई आग्रह गरे। स्वास्थ्यको क्षेत्रमा नागरिकले परिवर्तनको अनुभूति हुने गरी काम गर्ने आश्वासन उनले दिए।

कार्यक्रममा सांसदद्वय विदुर सापकोटा, कञ्चनचन्द्र वादेलगायतले यातायात क्षेत्रको समस्या समाधानका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

साधरणसभाले अध्यक्ष र सचिवमा क्रमशः श्याम लामा र राजकुमार बस्नतेलाई निर्विरोध निर्वाचित गरेको छ भने अन्य पदमा पछि निर्वाचन हुने बताइएको छ।

यसैबीच मन्त्री थापाले बनेपास्थित शिर मेमोरियल अस्पताल र मासुनागा आँखा अस्पताल निरीक्षण गरेका छन्। रासस

 

प्रकाशित: १५ भाद्र २०७३ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App