६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपा सभापतिमा फर्किए रवि लामिछाने

नयाँ नागरिकता कायम गराएर राहदानी समेत फिर्ता गरेका रवि लामिछाने पुनः पार्टीको सभापति भएका छन्। 

उनले आइतबार आफ्नो निस्क्रिय नागरिकता कायम गराएर राहदानी फिर्ता गरेका हुन्।

यसलगत्तै पार्टी बैठकबाट उनी पुनः सभापति भएका छन्। अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागे पछि नेपाली नागरिकता दिने प्रक्रियानै सुरु नगरेको र उनीसँग नेपाली नागरिकता नभएको ठहर गरेपछि उनको पार्टी सभापति, सांसद र मन्त्रीको पद गुमेको हो।

निस्क्रिय नागरिकता कायम भएपछि उनी पुनःपार्टी सभापतिमा फर्किएका हुन्।

प्रकाशित: १५ माघ २०७९ ११:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App