२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्वास्थ्य क्षेत्रको बजेट बढाउने छौं: स्वास्थ्य राज्यमन्त्री कार्की

स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउने बताएकी छिन्।

शुक्रबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा छुटाउने बजेट बढाउने तयारी भइरहेको बताएकी हुन्।

उनले भनिन्, ‘स्वास्थ्य वृत रणनीति भनेर योजना बनाएका छौँ। स्वास्थ्य क्षेत्रमा छुटाउने बजेटलाई बढाउने तयारी गरेका छौँ। कुनै पनि सरकारले शिक्षा र स्वास्थ्यमा अधिकतम लगानी गर्न सक्दैन भने सरकार जिम्मेवार छैन भन्ने बोध हुन्छ।’

उनले डा. गोविन्द केसीले सडकबाट उठाएका बिषयलाई अब सदनबाट उठाउने पनि बताएकी छिन्।  

प्रकाशित: १३ माघ २०७९ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App