५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संघीय निजामति सेवा विधेयक दुई महिना भित्रै संसदमा लैजान्छौं: मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामति सेवा ऐन आफ्रनै कार्यकालमा निर्माण गर्ने  दाबी गरेका छन्। शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मोदीले संघीय निजामति ऐन आफ्नै कार्यकालमा जारी  गर्ने दाबी गरेका हुन्।  

संघीय निजामति ऐनका विषयमा आफूले अध्धयन गरी रहेको उनले जानकारी दिए। ‘अहिले अध्ययन गरिरहेको छु’ मोदीले भने‘मेरै कार्यकालमा संघीय निजामति ऐन जारी गर्छु।’  मोदीले मन्त्रीमा नियुक्ती भए देखि नै संघीय निजामति विधेयक संसदमा लैजाने  विषयमा आफूले सबै दलका शिर्ष नेताहरूसँग छलफल गरिरहेको जानकारी दिए। उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा भइसकको बताए।  

मोदीले दुई महिना भित्रै संघीय निजामति ऐन निर्माणका लागि विधेयक संसदमा लैजाने तयारी  गरिएको जानकारी दिए। उनले भने‘संघीय निजामति विधेयक दुई महिना भित्रै संसदमा टेवुल गर्ने तयारी भइरहेको छ।’ मोदीले अहिलेको सरकारको मुख्य प्राथमिकता शुसासन भएकाले प्रशासनिक सुधार गरेर आफ्नै मन्त्रालयबाट काम थाल्ने जानकारी दिए।

 मोदीले छिट्टै सरकारी कार्यालयको शौचालय सफा सुघर बनाउन देशैभर अभियान चलाउने बताए। स्थानिय तहमा निमित्त राख्ने चलन अन्त्य गर्ने, दुई वर्ष एउटै शाखामा रहेका कर्मचारीको शाखा परिवर्तन गर्ने, एउटै कर्याालयमा तीन वर्ष बढी काम गरेका कर्मचारीको सरुवा गर्ने, ४ वर्ष भन्दा बढी मन्त्रालयमा कार्यरत रहेका कर्मचारीलाई स्थानिय तहमा सरुवा गर्ने बताए। सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्ने व्यवस्था गर्ने योजाना रहेको बताए।  

प्रकाशित: १३ माघ २०७९ ०९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App