१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

उपराष्ट्रपति पुनले केयूमा रोपे सुन्तलाको विरुवा

काभ्रे-उपराष्ट्रपति नन्दबहादुर पुनले काठमाडौं विश्व विद्यालय (केयू)को ‘हरितगृह तथा प्राङ्गारिक खेती अनुसन्धान एवम् तालिम केन्द्र’को उद्घाटन गरेका छन्। धुलीखेलस्थित विश्व विद्यालय परिसरमा स्थापना गरिएको उक्त केन्द्रको उपराष्ट्रपति पुनले शुक्रबार उद्घाटन गरेका हुन्।

कोरियाको चोनुक विश्व विद्यालय र कोरियाली सहयोग नियोग (कोइका)को सहयोगमा केयूले अनुसन्धान तथा तालिम केन्द्रको स्थापना गरेको हो । उपराष्ट्रपतिले सुन्तलाको विरुवा रोपेर केन्द्रको उद्घाटन गरे। उनले केयूमै उत्पादित प्राङ्गारिक मल प्रयोग गरेर सुन्तलाको विरुवा रोपे।

उपराष्ट्रपतिले केन्द्रको उद्घाटन गर्नुअघि विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, विद्याथीहरुसँग छोटो अन्तरक्रिया गरे । सो अवसरमा उनले नेपाल आर्थिक समृद्धितर्फ उन्मुख भएको बताउँदै आर्थिक समृद्धिको प्रमुख आधार कृषि भएको बताए । उनले मुलूकमा अभूतपूर्व कृषि क्रान्तिको आवश्यकता औँल्ल्याए।

‘हामीले लामो समय राजनीतिक क्रान्तिमा बितायौँ, संविधानसभाबाट संविधान जारी भएपछि राजनीतिक क्रान्ति मुलभूत रुपमा पूरा भएको छ’, उनले भने, ‘अब हामी आर्थिक समृद्धिमा लाग्नुपर्छ। कृषि, पर्यटन, जलविद्युत र जडिबुटी आर्थिक समृद्धिका आधार हुन्, त्यसमा पनि कृषि प्रमुख आधार हो । कृषिमा अभूतपूर्व क्रान्तिको आवश्यकता छ।’

आजै उपराष्ट्रपतिले धुलीखेल अस्पतालको पनि निरिक्षण गरेका छन्। उनले धुलीखेल अस्पतालले पुर्‍याइरहेको सेवाको प्रशंसा गर्दै व्यवस्थापनलाई धन्यवाद दिए।

प्रकाशित: १० भाद्र २०७३ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App