१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनकः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले पनि अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको बताए। आफूलाई अर्थतन्त्र चलायमान र गतिशिल बनाउने चुनौति रहेको उनको भनाइ छ। प्रधानमन्त्री दाहालले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देशन गरेको बताए।

उनले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शैय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल आफूले गर्ने प्रतिवद्धता जनाए।

प्रधानमन्त्री दाहालले आफ्नो यो कार्यकालमा देशमा सुशासन नेपाली जनताको र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने प्रतिवद्धता गरेको बताए। 

प्रकाशित: १२ माघ २०७९ १३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App